बेथानचोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

Post Thumbnail
  • २०७९ मंसिर २७, मंगलबार मा प्रकाशित २ साल अघि
  • २५३ पाठक संख्या

  • काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।

    काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशिका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।
    बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।

    घाइतेको गाउँपालिका प्रमुख भगवान अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि तथा स्थानीयले घाइतेको उद्दार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस