समानुपातिक सांसद छान्ने आज अन्तिम दिन, दलहरु छलफलमै

  • २०७९ मंसिर २४, शनिबार मा प्रकाशित ११ महिना अघि
  • १७३ पाठक संख्या

  • निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् ।

    कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाले आज पार्टीको पार्टीको बैठक बसेर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

    यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ सिट पाएको छ । यस्तै, ३२ सांसदसहित दोस्रो स्थानमा कांग्रेस रहेको छ भने माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ ।

    यस्तै, राप्रपाले ७, जसपाले ५ र जनमतले ५ सिट पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस