खाद्य कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

Post Thumbnail
  • २०७९ मंसिर १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २३१ पाठक संख्या

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

    घिमिरेका अनुसार मुचुल्का तयार भैरहेको र  शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने जानकारी दिए ।

    किन झुन्डिए भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस