प्रचारप्रसार अभियान सकियो, मौन अवधि जारी

Post Thumbnail
  • २०७९ मंसिर १, बिहिबार मा प्रकाशित १ साल अघि
  • २५२ पाठक संख्या

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल तथा उम्मेदवारहरुले बिहिबार १२ बजे पछि कुनै पनि उम्मेदवार वा दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।

    गत कात्तिक १७ गतेबाट दल तथा उम्मेदवारले चुनाव प्रचार शुरु गरेका थिए । निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । यसलाई मौन अवधि पनि भनिन्छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुने बताएको छ । मतदानको ४८ घण्टा अघि नै प्रसारप्रसार गर्न नपाउने आचारसंहितामा उल्नेख छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

    निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जारी गरेको विज्ञप्तीमा मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।

    प्रतिक्रिया दिनुहोस