प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को लागि काभ्रेमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
३ लाख १० हजार ६३ मतदाताका लागि कार्यालयले तयार गरेको मापदण्ड अनुसार ३ हजार १ सय १२ कर्मचारी र १ हजार ५ सय ५६ स्वसेवक परिचालन हुनेछन् । जिल्ला निवार्चन अधिकारी उमेश राईका अनुसार एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंवेवक परिचालन हुनेछन् । जिल्लामा १ सय ९० स्थानमा ३ सय ८९ वटा मतदान केन्द्र छन् । ३ सय ८९ मध्ये २६ अति संवेदलशिल, ४९ संवेदनशिल तथा अन्य केन्द्रहरु सामान्य छन् । भौगोलिक विकटता गत निर्वाचनहरुमा भएका घटना तथा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको बेलामा भएका घटनाहरुको आधारमा संवेदनशिल र सामान्य छुट्याइएको प्रशासनले जनाएको छ । त्यस्तै जिल्लामा नेपाल प्रहरी र म्यादी गरेर २८ सय ९३ सुरक्षाकर्मी निर्वाचनमा खटिने जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए । काभ्रेमा अपुग हुने ४ सय २८ जना प्रहरी काभ्रेमा आउने सुनिश्चित भएको समेत उनले जानकारी दिए ।
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै भए पछि निर्वाचन कार्यालयले शंशोधन गरेको थियो । निर्वाचनको निश्पक्षता माथि प्रश्न उठेपछि यो पटक कर्मचारी छनौटमा त्यसो हुन नदिने गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, कर्मचारीले नपुगे स्थायी शिक्षकहरुलाई मात्र निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाईएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिदै जिम्मेवारी बाँडफाँड गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले पनि समानुपातिक तर्फ प्रदेशका हकमा प्रदेश अन्र्तगतका र प्रतिनिधि सभा तर्फ मतदाता सूचीमा नाम भएका सबैले मतदान गर्न पाउने भए पछि जिल्लामा ४ वटा अस्थायी मतदान केन्द्र रहने भएको छ । ५० जना भन्दा धेरै अस्थायी मतदाता भएका स्थानमा मतदान केन्द्र राख्ने प्रावधान अनुसार शशस्त्र प्रहरी १५ नं गण पाँचखाल, जिल्ला कारागार कार्यालय, कालिजंग गण धुलिखेल र नेपाल प्रहरीका लागि एउटा केन्द्र र भकुण्डेको नेपाली सेनाको बाहिनीमा अस्थायी कतदान केन्द रहने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
निार्वचनमा प्रयोग हुने प्रत्यक्ष र समानुपातिक मतपत्र कडा सुरक्षाको विच काभ्रे आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ को लागि प्रत्यक्ष र समानुपातिक तर्फ १ लाख ६८ हजार मतपत्र, प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश सभा क को लागि प्रत्यक्षको लागि ८५ हजार र समानुपातिकको लागि ८६ हजार, प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश सभा ख को लागि प्रत्यक्षको लागि ८४ हजार तथा समानुपातिकको लागि ८५ हजार मत पत्र आएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को लागि प्रत्यक्ष र समानुपातिक तर्फ १ लाख ७४ हजार मतपत्र, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश सभा क को लागि प्रत्यक्षको लागि ८५ हजार र समानुपातिकको लागि ८६ हजार, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश सभा ख को लागि प्रत्यक्षको लागि ८९ हजार तथा समानुपातिकको लागि ९० हजार मत पत्र आएको छ ।
काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा १७ जना, प्रदेश सभा १ मा ९ जना र २ मा ९ गरी ३५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १६ जना, सोहि क्षेत्रको प्रदेश सभा १ मा ६ जना र २ मा ८ जना गरी २९ जना उम्मेदवार छन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता छन् । ३ सय ८९ वटा मतदान केन्द्रबाट १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला मतदाताले मतदान गर्न पाउने छन् । अन्य मतदाता २ जना छन् ।
प्रतिनिधि सभा १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता छन् भने प्रदेश क मा ७६ हजार ४ सय ७५, प्रदेश सभा ख मा ७६ हजार १ सय ४६ मतदाता छन् । प्रतिनिधि सभा २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । प्रदेश सभा क मा ७७ हजार १ सय ९ मतदाता छन् भने प्रदेश सभा २ मा ८० हजार ३ सय ३३ मतदाता छन् । जिल्लामा ५ हजार ५ सय पुरुष मतदाता धेरै छन् ।
प्रतिक्रिया दिनुहोस