पाँचखालमा पेशागत तयारी कार्यशाला सम्पन्न

Post Thumbnail
  • २०७९ आश्विन ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५५४ पाठक संख्या

  • पाँचखाल नगरपालिकाका विद्यार्थीहरूलाई नयाँ पेशा वा व्यवसायमा प्रवेश गर्नु अगाडि आवश्यक पर्ने सीपबारे प्रशिक्षण सन्चालन गरिएको छ।

    यस कार्यशालामा ‘रेज्युमे’ ‘बायोडाटा बनाउने र कभर लेटर लेख्ने तयारी गराइएको थियो। सँगसँगै अन्तरवार्ताको सीप र अवसरहरूको लागि ‘लिङ्क्डइन’ को प्रयोग र व्यवस्थापनको प्रशिक्षण गरिएको थियो। नगरपालिकाको सभाहलमा भएको यस कार्यशालाको सहजीकरण ‘जब्स स्नाइपर’ नामक संस्थाका सह–संस्थापक उज्ज्वल कोइराला र उज्ज्वल पौडेलले गरेका थिए।

    पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न भएको छ।

    पाँचखाललाई शिक्षाको हब बनाउने भिजन भएको भन्दै नगर प्रमुख महेश खरेलले नगरका हरेक युवालाई आजको बजार र समाजको लागि योग्य बनाउने जानकारी गराउँदै आगामि दिनमा पेशागत तयारी र विकासका लागि अझै धेरै कार्यक्रमहरू सन्चालन गर्ने जानकारी दिए ।

    कार्यशालाको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले आजको प्रतिस्पर्धाको बजारमा सबै विद्यार्थीहरूले आफूलाई सबल र सक्षम बनाउन आवश्यक रहेको बताउँदै यस्तो कार्यशालाले नयाँ अवसर खोज्न, पाउन र समग्र वृत्ति विकासको लागि सहयोग पुर्याउने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस