स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका काभ्रेका दर्जनौं उम्मेदवार निर्वाचन आयोगको कार्बाहीमा परेका छन् ।
खर्च विवरण नबुझाउनेमा निर्वाचित भएका तथा पराजित भएका धेरै छन् । चौरीदेउराली गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्ष तथा पराजित मण्डनदेउपुरका नेकपा एमालेबाट पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार समेत परेका छन । चौरी देउराली गाउँपालिकाका अध्यक्षमा निर्वाचित रेणुका चौलागाईं र उपाध्यक्षमा निर्वाचित शेरवहादुर तामाङ ३ लाख ५० हजार रुपैयाका दरले जरिवानामा परेका छन् भने मण्डनदेउपुरमा नेकपा एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बिदुरप्रसाद सापकोटा र उपप्रमुखमा उम्मेदवार बनेकी सरिता ढकाललाई ४ लाख ५० हजार रुपैयाँको दरले जरिवानामा परेका छन् ।
त्यस्तै ठुलो पार्टी मध्येकै नेकपा एमालेबाट तेमाल गाउँपालिकामा अध्यक्षमा उम्मेदवार दिएका इन्द्रबहादुर तामाङ, नेकपा एमालेवाटै बेथानचोक गाउँपालिकामा अध्यक्षमा उम्मेदवार दिएका कमलप्रसाद तिमल्सिना र उपाध्यक्षमा उम्मेदवारी दिएका सरला लामिछाने केसी, एमालेबाटै महाभारत गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिएका पूर्णबहादुर तामाङ र उपाध्यक्षमा उम्मेदवारी दिएका शान्ति तितुङ मगर कार्वाहीमा परेका छन् । उनीहरु सबैलाई जनही ३ लाख ५० हजार जरिवाना तोकिएको छ । काभ्रेमा साना दलहरु राप्रपाबाट तथा स्वतन्त्रबाट उम्मेदवार बनेपा पालिका प्र्रमुख तथा अध्यक्षहरुले धेरै मात्रामा खर्च विबरण बुझाएको देखिएन् । काभ्रेमा ४९ जना पालिका प्रमुख/उपप्रमुख तथा पालिका अध्यक्ष/उपाध्यक्षले खर्च विवरण बुझाएका छैनन् ।
यसैगरी नगरपालिकामा वडा अध्यक्ष, सदस्य, दलित महिला सदस्य र महिला सदस्य पदमा उम्मेदवारी दिएका तर खर्च विवरण नबुझाएकालाई २ लाख रुपैयाँ तथा गाउँपालिकामा वडा अध्यक्ष तथा सदस्य, दलित महिला सदस्य र सदस्यलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
नगरपालिका वडा अध्यक्ष र सदस्यहरुतर्फ जरिवानामा परेकाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।
गाउँपालिका वडा अध्यक्ष र सदस्यहरुतर्फ जरिवानामा परेकाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।
प्रतिक्रिया दिनुहोस