बेथान्चोक ४ चलालको खानीमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

Post Thumbnail
  • २०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७०७ पाठक संख्या

  • काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो।

    राति सुतिरेहका बेला एक्कासी पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    वडा अध्यक्ष कृष्ण बहादुर पखृनले चलाल रोडा ढुङ्गा उध्योगको खानी सन्चालनको कारण पहिरो गएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस