नेपाली काँग्रेस काभ्रेले गर्यो उम्मेदवार सिफारिस, प्रत्यक्ष र समानुपातिक गरी १ सय ३६ आकाँक्षी

Post Thumbnail
  • २०७९ भाद्र १९, आईतबार मा प्रकाशित १ साल अघि
  • ३८१ पाठक संख्या

  • मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि नेपाली काँगेसले प्रत्यक्ष र समानुपातिक गरी १ सय ३६ जनालाई उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधी सभा १ र २ वाट समान ६८/६८ जना आकाँक्षी उम्मेदवार सिफारिस भएका थिए । दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा १ सय ३६ जना उम्मेदवारका आकांक्षीहरुको नाम निर्वाचनका लागि सिफारिस गरेको जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए ।

    को को भए सिफारिस ?

    प्रतिनीधि सभा १ मा ६८ जना उम्मेदवार सिफारिस

    प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभामा उठ्ने उम्मेदवारहरुको नाम सिफारिस भएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा सिफारिस भए । सिफारिस भएका लामा २०७० को निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवार चयनको लागि हर्षजित लामा, इन्द्रमणि अधिकारी, ललिता किङरिङ मगर, रमेश प्रसाद हुमागाइ, मिरा नेपाली, गोबिन्द बहादुर थापा, आस्विन प्रसाद चौलागाईं, कान्छा लामा, उस्पर सुनार, बिष्णुमाया पुलामी, रशिला खनाल, बाबुराम गिरि, राम कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क मा प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा जिल्ला सचिव गुणराज मुक्तान, यस अघिका संसदको उम्मेदवार सिबि लामा, प्रदेश सभापति राम योन्जन, युवा नेता दिनेश भुर्तेल र विद्यार्थी नेता रबिन गौतमको नाम सिफारिस गरेको छ । त्यस्तै गरि प्रदेस सभा १ क अन्तर्गत समानुपातिक महिलातर्फ दुर्गामाया लामा, लक्ष्मी कुमारी उप्रेती बर्तौला, स्मिता लामा, शान्ति लामा, सावित्री ठाडा थापा मगर, पबित्रा लामा, सुनिता तामाङ नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुष तर्फ शंखबुद्ध लामा, सलाम सिं तामाङ, गुमान सिं. लामा तामाङ, बिलाम मुक्तान, बिकास योन्जन , बलराम सापकोटा, मुक्ते लामाको नाम सिफारिस गरेको छ ।

    त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा ख को उम्मेदवार चयनको लागि प्रत्यक्ष तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा, काभ्रेका पूर्व सहसभापति तिर्थ बहादुर पसखल, प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा, जिल्ला सहसचिव रबिन्द्रनाथ सिग्देल, महासमिति सदस्य सार्किमान बल, सन्जय लामा, विद्यार्थी नेता सुमनराज पाण्डेको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ को ख समानुपातिक तर्फबाट सन्तमान तामाङ, उद्धव प्रसाद कोईराला, जयन्ती हुमागाई, अन्जु रन्जित,  मिना लामा, हरि बहादुर लामा बल, बिक्रम लामा, शंकरदास लामा, रोशन तामाङ, भोला थापा, सुरज तिमल्सिना, जगन्नाथ गिरी, रोशनराज पाण्डे, कल्पना सत्याल, राजेन्द्र प्रताप अर्याल, भरत प्रसाद बञ्जरा, शान्ता पाठक नराल, भोला प्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

    प्रतिनिधि सभा क्षेत्र नं २ मा ६८ जना उम्मेदवार सिफारिस

    काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काभ्रे काँग्रेसका निवर्तमान जिल्ला सभापति मधु आचार्य, पूर्व केन्द्रीय सदस्य शिव प्र. हुमागाई, पूर्व जिल्ला उपसभापति अच्युत प्रसाद पौडेल, महासमिति सदस्य रामजि पन्त मुकेश, जिल्ला उपसभापति ठाकुर प्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं २ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, डा. राम थपलिया, लिला नेपाल, बेल ब लामा, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल ,सरस्वती वैद्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ, बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्ड्य प्रसाद रिजाल, प्रविण धिताल, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङको नाम सिफारिस गरेको छ ।

    प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न २ को क प्रत्यक्ष तर्फ काँग्रेस बागमती प्रदेशका सदस्य होम प्रसाद चौलागाई, २०७४ का उम्मेदवार सुन्दरमणि आचार्यको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ लक्ष्मी दनुवार, हेम कुमार तामाङ, उमेश बानियाँ, जित कृष्ण घिनाञ्जु श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, मन्जु शाह ठकुरी, माईली दनुवार, दिल बहादुर तामाङ, सिताराम परियार, सुनिता तामाङ, प्रकाश तामाङ, तस्बिर लामा, लिला नेपाल, प्रल्हाद थापा, किरण श्रेष्ठ, शान्ता क्षेत्री, नारायण प्रसाद न्यौपाने, जानुका नेपाल, नवराज उप्रेती, नारायण सापकोटा,  खीलप्रसाद तिमल्सिनाको नाम उम्मेदवार चयनको लागि सिफारिस गरेको छ ।

    प्रदेश सभा सदस्य उम्मेदवार चयनको लागि क्षेत्र न २ को खमा प्रत्यक्ष तर्फ काँग्रेस बागमती प्रदेशका महामन्त्री एवं पूर्व उद्योग राज्यमन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला सचिव माधव प्रसाद ढकाल, पूर्व जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, पूर्व जिल्ला सदस्य उद्धव प्रसाद नेपाल, महिला नेतृ ईश्वरी बादेको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ कृष्णबुद्ध बजगाई, चन्द्र ढकाल, केशव प्रसाद तिमल्सिना प्रेम बहादुर तिमल्सिना, रामेश्वर ढकाल, देवि प्रसाद डोटेल, सुमन थापा, रामहरि श्रेष्ठ, राम कुमार मुल्मि योगेन्द्रनाथ कर्माचार्य, रोशन लामा, कमल तामाङ, प्रकाश चन्द्र जोशी, सुरकृष्ण वैद्य, मन्जु घिमिरे आचार्य, कल्पना ढकाल, निर्मला श्रेष्ठ, गोमा गोले, श्याम लामाको नाम सिफारिस गरेको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभाले शनिबार जिल्ला कार्य समितिमा सबै उम्मेदवारहरुको नाम बागमती प्रदेश कार्यसमितिमा पठाइएको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस