सुनकोशी ३ आयोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा बनाउने, ६ महिनापछि मोडालिटी टुंग्याइने

Post Thumbnail
  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित १ साल अघि
  • १६२ पाठक संख्या

  • काभ्रे र रामेछापको सिमानामा बन्ने सुनकोशी ३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको छ ।

    नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा विद्युत् विकास विभागले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेश सरकार सहमत भएको छ ।

    ‘६ महिनापछि बस्ने ऊर्जा सचिवस्तरीय बैठकमा लगानी मोडालिटीमा सहमति गर्ने गरी काम अघि बढाउनेबारे पनि समझदारी भएको छ,’ ती अधिकारले भने,’यो सहमतिले अब बंगलादेश पनि नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न आउने बाटो खुलेको छ ।’

    नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउन बंगलादशे तयार भएको छ ।

    बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरको थिए ।

     

    प्रतिक्रिया दिनुहोस