जिल्ला निर्वाचन कार्यालयले काभ्रे जिल्लामा रहेका मतदाताहरुको नामावलीको त्रुटी सच्याउन, दोहोरो हेर्न तथा मृतकका नामहरु हटाउनको लागि आह्वान गरेको छ ।
मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली भरेकाहरुलाई विग्रेकालाई सच्याउने, दोहोरो भएकालाई हटाउने तथा मृतकका नामहरु हटाउन दावी विरोध गर्ने गरी भाद्र १३ देखि १५ गते सम्म निर्वाचन कार्यालय, सम्बन्धित पालिका र वडामा उजुरी गर्न भनिएको छ ।
‘मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत भाद्र १३ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा नमावली हेर्ने, त्रुटि सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका ब्यक्तिका नाम हटाउने र दावी विरोध गर्न पाईने जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । मतदाता स्वंय वा निजका परिवारका सदस्यहरुले मृत्यु भएका ब्यक्तिको, बसाई सराई, दोहोरो नाम भएका सम्वन्धमा निवेदन दिन सक्नेछन् ।
संसदीय निर्वाचनमा २०७९ साउन १९ गतेसम्म मतदाता नामावलीमा दर्ता भएका मसिंर ३ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुले मतदानमा भाग लिन पाउनेछन् ।
प्रतिनिधि सभा १ को क निर्वाचन क्षेत्रमा ७७ हजार २ सय ९९, ख निर्वाचन क्षेत्रमा ७७ हजार १ सय २४ मतदाता गरि १ लाख ५४ हजार ४ सय २३ मतदाता रहेका छन् । जसमा महिला ७४ हजार ७ सय ६६ छन् भने पुरुष ७९ हजार ६ सय ९६ रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को क मा ७७ हजार ६ सय ३१ मतदाता र ख निर्वाचन क्षेत्रमा ८१ हजार १ सय ८८ गरी १ लाख ५८ हजार ७ सय ५४ मतदाता रहेका छन् । जसमा पुरुष ७९ हजार ७ सय ७ जना र महिला ७९ हजार ४२ हजार रहेका छन् । जिल्लागत हिसावका १ लाख ५९ हजार ४ सय ३ पुरुष र १ लाख ५३ हजार ७ सय ७२ महिला गरी ३ लाख १३ हजार १ सय ७७ मतदाता पुगेका हुन् । स्थानीय तहको निर्वाचनमा ३ लाख ३ हजार ५ सय ६० मतदातामा ९ हजार ६ सय १७ मतदाता थपिएका छन् । थपिएका समेत गरेर दुबै निर्वाचन क्षेत्रमा मसिंर ३ गतेसम्म ३ लाख १३ हजार १ सय ७७ मतदाता १८ वर्ष पुगेका हुनेछन् ।
मतदाता नामावली भाद्र १२ गते वडा कार्यालय, निर्वाचन आयोगको कार्यालय र वेभसाईटमा नामावली प्रकाशन हुनेछ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी शान्तराज प्रसाई, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज तथा विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस