विपी राजमार्ग अन्तर्गत धुलिखेल ९ रानाछापमा अज्ञात समूहले राखेको होक्स बम (नक्कली) नेपाली सेना र नेपाल प्रहरीले डिस्पोज गरको छ ।
विप्लव माओवादीलगायत संगठनले बन्द आयोजना भएको दिनमा भेटिएको प्रेसरकुकर होक्स बम नेपाली सेनाको कालीजंग गण र जिल्ला प्रहरी कार्यालय धुलिखेल बाट खटिएको टोलीले डिस्पोज गरिएको हो । बम डिस्पोज सँगै अबरुद्ध भएको विपी राजमार्ग सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी ढुण्डीराज न्यौपानेका अनुसार प्रेसर कुकर बम भनेर जनमानसमा त्रसित बनाउन खोजेपनि उक्त बस्तु बम नभएको जानकारी दिए ।
विप्लव माओवादी लगायत साना चार दलले आह्वान गरेको नेपाल बन्द काभ्रेमा भने खासै प्रभाव छैन ।
तस्वीर देवराज केसीको फेसवुकबाट
प्रतिक्रिया दिनुहोस