एक महिनाको विचमा काभ्रेमा ११ जना डेंगुका विरामी भेटियो

Post Thumbnail
  • २०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३८८ पाठक संख्या

  • एक महिनाको अवधिमा काभ्रेमा ११ जना बिरामीमा डेंगु रोग लागेको स्वास्थ्य कर्यालय काभ्रेले जनाएको छ । असार १० यता परीक्षण गरिएका उच्च ज्वरो आएका १ सय ३ जनामध्ये ११ जनामा डेंगु ज्वरो देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतमराज सेढाईंले जानकारी दिए ।

    स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म धुलिखेलका ४, पनौतीका २ र बनेपा तथा पाँचखालका १/१, दोलखा, सिन्धुपाल्चोक र काठमाडौंका १/१ जनालाई उपचारको क्रममा काभ्रेमा डेंगु संक्रमण पुष्टि भएको छ । ६ जनालाई धुलिखेल अस्पतालमा, ४ जनालाई प्राथमिक उपचार केन्द्र धुलिखेलमा र १ जनालाई पाँचखालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ११ मध्ये ७ जना महिला र ४ जना पुरुष छन् ।

    संक्रमितमध्ये १ जनाको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य छ । स्वास्थ्य कार्यालय काभ्रेले संक्रमण हुन सक्ने भन्दै १३ वटै पालिकालाई परीक्षणका लागि किट उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस