निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४ दशमलब २८ र एमाालेले पाएको मत ३३ दबमलब ०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।
माओवादी केन्द्र १३ दशमलब ०३, जसपाले ५, एकीकृत समाजवादीले ३ दशमलब ६६ र राप्रपाले ३ दशमलब १६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले २ दशमलब ७१ प्रतिशत मत पाए ।
प्रतिक्रिया दिनुहोस