काभ्रेका दुई खोलाले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार, बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन् । त्यस्तै रोशी खोलामा भैँसी चराएर फर्कने क्रममा नमोबुद्धका एक पुरुष बेपत्ता भएका छन् । गोठालो गएका नमोबुद्ध–९ का अन्दाजी ४८ वर्षीय ज्ञानबहादुर लामा चौपाया सहित बेपत्ता भएका छन् ।
सुनकोसी नदीमा उद्धारका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली पुगे पनि बाढीका कारण सम्भव भएको छैन । बिहीबार पनि उद्धार जारी राखिने खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस