पाँचखाल नगरपालिकाको आयोजना तथा धुलिखेल अस्पतालको प्रविधिक सहयोगमा अनेकोटमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भयो ।
जेष्ठ नागरिक लक्षित दन्त शिविरमा ४५ जनाको दन्त परीक्षण भएको नगरका स्वास्थ्य शाखा सह संयोजक विष्णु गौतमले जानकारी दिए । ४५ जना मध्ये १९ जनाको दाँतको नापो लिइएकोमा १० जनाको सबै नयाँ दाँत राख्नुपर्ने, ९ जनाको आँशिक रुपमा दाँत राख्नुपर्ने व्यक्तिहरु भेटिएका थिए । उनीहरुको नगरपालिकाले निःशुल्क रुपमा दाँत राखिदिने पाँचखाल नगरका नगर प्रमुख महेश खरेलले जानकारी दिए । ४५ मध्ये २४ जनाको झिक्नुपर्ने दाँत झिकिएको स्वास्थ्य शाखा सहसंयोजक गौतमले जानकारी दिए ।
दाँत सँगसँगै ब्लडपेसर, सुगर, मधुमेह लगायतका विषयमा समेत चेकजाँच गरिएको थियो । चेक गरिएका मध्ये ४ जना उच्च सुगर र २ जना उच्च रक्तचापका विरामी भेटिएका थिए । उनीहरुको धुलिखेल अस्पतालका डा दिलिप प्रजापति लगायतको टिमले दन्त परीक्षण गरेको थियो । दन्त परीक्षणको लागि पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई, पाँचखाल वडा नं २ का अध्यक्ष रामेश्वर दाहाल, प्रशासन शाखा प्रमुख कल्याण सुवेदी, नगर सचिवालयका कर्मचारी पवन गौतम लगायतले शिविर को निरीक्षण गरेका थिए ।
यस्तै दन्त परीक्षण होक्से र बालुवामा समेत आयोजना हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अघल्लो बर्ष पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, खरेलथोक, कोशीदेखा र साठ्ठीघर क्षेत्रका स्थानीयको दन्त परीक्षण तथा दाँत राखिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस