रिक्त भएको झण्डै तीन बर्षपछि उपसभामुखको निर्वाचन, असार ३१ गते तोकीयो मिति

Post Thumbnail
  • २०७९ अषाढ २९, बुधबार मा प्रकाशित १ साल अघि
  • ४४८ पाठक संख्या

  • प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले ३१ गते शुक्रबार दिउँसो ३ बजेका लागि निर्वाचनको समय निर्धारण गरेका हुन् ।

    लगतै संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ, जसअनुसार भोलि बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    उम्मेदवारहरूको सूची साढे १ बजे प्रकाशित हुनेछ भने ३१ गते ३ बजे बस्ने संसदको बैठकमा उम्मेदवारीको सूचना प्रस्तुत हुनेछ ।

    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

    प्रतिक्रिया दिनुहोस