धेरै समयपछि काभ्रेमा देखियो कोरोना संक्रमण

Post Thumbnail
  • २०७९ अषाढ २६, आईतबार मा प्रकाशित १ साल अघि
  • २५४ पाठक संख्या

  • काभ्रेमा धेरै समयपछि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

    पछिल्लो २४ घण्टामा काभ्रेमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिईए अनुसार दुई वटा पिसिआर र २४ वटा एन्टिजेन गरी कुल २६ वटा परीक्षण गर्दा पाँच वटा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।

    थपिएका संक्रमितहरु जिल्लाको नमोबुद्ध नगरपालिकाको रहेको कार्यालयका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । नमोबुद्ध नगरपालिकाका चार जना महिला र एक जना पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको हो । २०७८ चैत्र ६ गते पछि झण्डै ४ महिनामा आज ५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख सेढाँईले जानकारी दिए ।

    योसँगै हालसम्म जिल्लामा कुल संक्रमितको संख्या १७ हजार ५ सय ६० पुगेको छ । जसमध्ये ८ हजार १ सय ६६ जना महिला र ९ हजार ३ सय ९४ जना महिला रहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस