२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

रामेछापको लुभुघाटमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

Post Thumbnail
  • २०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ५६४ पाठक संख्या

  • रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारकालागि अस्पताल पठाइएको छ ।

    रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिताविष्ट चौलागाईंले जानकारी दिइन् ।

    उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाटकाठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑