बनेपा ११ अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन ।
जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलिका ५२ वर्षीया लेख कुमारी बस्नेत छिन । अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुदा घाइते मध्ये शिर मेमोरियल अस्पतालमा २१ जनाको, धुलिखेल अस्पतालमा ८, भोमी अस्पतालमा ७ , अपांग अस्पतालमा ३ जनाको उपचार भैरहेको छ भने ५ जना सामान्य घाइते भएका छन । बसमा ४५ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस