बनेपा नगगरपालिकाको १ अर्व ५५ करोड २४ लाख बजेट, बहुतले सवारी पार्किङ स्थल र करिडोर निर्माणमा जोड

Post Thumbnail
  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित १ साल अघि
  • १९६ पाठक संख्या

  • बनेपा नगगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०का लागी १ अर्व ५५ करोड २४ लाखको बजेट सार्वजानीक गरेको छ ।

    नगरपालिकाको १० औ नगर अधिबेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले निति तथा कार्यक्रम र उपप्रमुख बिमला सापकोटाले बजेट तथा आर्थिक बिद्येयेक प्रस्तुत गरेका थिए ।

    नगरपालिकाको आन्तिरक आय ३३ करोड, वागमती प्रदेश, संघिय सरकार बाट गरी कुल बजेट १ अर्व ५५ करोड २४ लाख रुपँयाको बजेट ल्याएको हो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगरप्रमुख शाक्यले नगरले बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहुतले सवारी पार्किङ स्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जानकारी दिए । नगरले आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दीगो अभिवृद्धिका लागि नगरपालिकाको स्वामित्वमा रहेका सम्पति बहालमा वा लिजमा दिने,नीतिलाई व्यवहारिक र प्रभावकारी बनाई कार्यान्वयन गरीने,कर, शुल्क तथा आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग बाणीज्य संघ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसंगको सहकार्यलाई अझ प्रभावकारी बनाइने नीतिमा उल्नेख छ ।

    अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने जनाएको छ । हाम्रो विद्यालय हाम्रो सपना भन्ने आदर्श वाक्य पुरा गर्न नगर क्षेत्रभित्रका चार वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्न आवश्यक प्रबन्ध मिलाइने, बाल तथा मातृ मृत्युदर न्यूनीकरणका लागि उपयुक्त बर्थिङ सेन्टर स्थापना र सञ्चालन लगायतका कार्यक्रमहरु विस्तार गरीने छ । बनेपा नगरपालिकाभित्र स्थायी बसोबास भएका व्यक्तिहरुका लागि सञ्चालित मोतीबिन्दुको निःशुल्क शल्यक्रियाका लागि रेयुकाइ आँखा अस्पतालसँग भएको सहकार्यलाई निरन्तरता दिइने , बनेपामा रहेको ब्लड बैंकको सेवालाई सरल र अत्याधुनिक सुविधा सम्पन्न गर्न तथा नगरबासीहरुले सुलभ दरमा रगत प्राप्त गर्ने वातावरण मिलाउन आवश्यक पहल गरीने छ । महिलालाई स्तन तथा पाठेघरको क्यान्सरबाट जोगाउन जनचेतनामूलक कार्यक्रम र उपचारात्मक विधिलाई प्रश्रय जेष्ठ नागरीकहरुका अनुभव साटासाट गर्ने र फुर्सदको समय व्यतित गर्ने प्रयोजनका लागि जेष्ठ नागरीक आराम तथा भेटघाट गृह निर्माण गर्ने कार्यक्रम बनाई कार्यान्वयन आरम्भ गरीने जनाएको छ ।

    बनेपा नगर क्षेत्रभित्रका नगरकोट, बासुकी पार्क, गोशाइस्थान, चप्लेटी, लामागाउँ, मगर गाउँ,आशापुरी, नागीडाँडा, काँशी भञ्ज्याङ्ग, खावा गुठी जस्ता स्थलहरुलाई जोड्ने ट्रेकिङ्ग रुट निर्माण, पिकनिक स्पट विकास र होमस्टे सञ्चालन जस्ता कार्यक्रम मार्फत बनेपामा आन्तरिक तथा बाह्य पर्यटन आगमनको दर अभिवृद्धिका लागि सम्बद्ध निकायहरुसँगको समन्वयमा आवश्यक कार्यक्रम ल्याइने छ ।

    पर्यटकीय पूर्वाधारका कार्यक्रमलाई विशेष प्राथमिकता दिइने, हाम्रो रहर सफा शहर, भन्ने नारालाई व्यापक रुपमा प्रचार प्रसार गरी आफूले उत्पादन गरेको फोहोर आफ्रनै घर आँगन भित्रै व्यवस्थापन गर्न उत्प्रेरित गर्ने कार्यक्रम तत्कालैबाट कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक स्थानमा फोहोर निस्कासन कार्यको अनुगमन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्तिलाई कडा कानूनी कारवाही हुने व्यवस्था मिलाइने नीतिमा उल्नेख छ । जैविक र अजैविक फोहोर श्रोतमै (घरघरमै) वर्गीकरण गरी घरायसी जैविक फोहोर व्यवस्थापनका लागि गड्यौला खेती, कौशी खेती र फोहरबाट मल बनाउने प्रविधिको अनुशिक्षण र अभ्यासका लागि आवश्यक उपकरण सहयोग गर्ने वातावरण मिलाइने जानकारी दिईएको छ ।

    नीति तथा कार्यक्रममा भनिएको छ, वस्ती विकासका लागि जग्गा विकास गर्दा अनिवार्य रुपमा नगरपालिका संग अनुमति लिनु पर्नेछ । अनुमति विना विकास गरीएका जग्गाहरुमा घरहरुको नक्सापास नगरीने नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयनको वातावरण मिलाइने छ । जग्गा विकास गरीएका जग्गामा विकास शुल्क लिईनेछ । जग्गा विकास कार्यक्रम मार्फत व्यवस्थित बस्ती विकासको नीति लिइनेछ । नेपाल सरकारको नीति अनुसार गुठी जग्गा व्यवस्थापन गर्ने नीति लिइने छ । नगरपालिकाको पूर्व स्वीकृति लिई बाटो कायम भई घर भवन निर्माण भई सकेका तर लगत कट्टा नभएका बाटाहरुको लगत कट्टाका लागि सम्बन्धित निकायसंग समन्वय गरीने छ । भूमीहिन तथा सुकुम्बासीहरुको व्यवस्थापनका लागि नेपाल सरकारले अगाडी सारेका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण मिलाइने छ । नगर क्षेत्रभित्रका सबै जग्गाहरुको डिजिटल नापीका लागि सम्बन्धित निकायमा पहल गरीने छ । बनेपा नगरपालिकाका लागि पा“चवर्षे गुरुयोजना तर्जुमा गरी कार्यान्वयनको वातावरण मिलाइने छ । नगरपालिकाका योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा परामर्श दिन विज्ञ समूह गठन गरीपुण्यमाता करिडोर निर्माणको कार्यलाई निरन्तरता दिन उपयुक्त वातावरण बनाइने छ । साथै चण्डेश्वरी, चसी खोला,का“ध खोला लगायतका नगरभित्रका आवश्यकता पहिचान गरीएका खोलाको दाँयाबाँया किनारमा हरित बेल्ट सहित करिडोर निर्माणका लागि अध्ययन गरी कार्यान्वयनको वातावरण मिलाइने नगर प्रमुख शाक्यले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस