चुरे दिवसको अवसरमा दुई सामुदायिक वनमा सेनाले वृक्षरोपण गरेको छ ।
आठौँ चुरे दिवसको अवसरमा महाभारत गाउँपालिका वडा नं ६ स्थित घर्तिछापमा रहेको अमरावती र ज्यामिरे सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
आठौँ चुरे दिवसको अवसरमा देशभर ‘एक दिनमा एक लाख विरुवा वृक्षरोपण’ कार्यक्रम अन्तर्गत चुरे क्षेत्रमा पर्ने घर्तिछापको अमरावती बनको ठुँटे आँप इलाका र ज्यामिरे सामुदायिक वनमा नेपाली सेनाको अगुवाईमा तीन सय वटा बोट विरुवा रोपेको कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाले जानकारी दिए । थापाका अनुुसार नेपाली सेनाले दुई वटा सामुदायिक वनमा विभिन्न जातका बोट विरुवा रोपेको हो ।
नेपाली सेनाले गाउँपालिकाको वडा नं ६ मा रहेको अमरावती समाुदायिक वनमा मसला जातका एक सय वटा , एभोकाँडो जातको २० वटा, कपुर जातको ३० वटा , उत्तिस जातको ४० वटा र चाँप जातको पाँच वटा विरुवाहरु रोपेको हो ।
त्यस्तै गाउँपालिकाकै वडा नं ६ स्थित ज्यामिरे सामुदायिक वनमा मसला जातको ५० वटा, एभोकाँडो जातको १५ वटा, कपुर जातको २० वटा र उत्तिस जातको २० वटा विरुवाहरु नेपाली सेनाले रोपेको हो ।
प्रतिक्रिया दिनुहोस