लबग्रिन नेपालले बनायो कृषि तथा पशुपालन तालिम भवन

Post Thumbnail
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४२१ पाठक संख्या

  • जापानीज दुतावासको सहयोगमा पाँचखालमा निर्माण सम्पन्न भएको कृषि तथा पशुपालन तालिम भवन एक कार्यक्रमका विचमा नेपालका लागि जापानीज राजदुत युताका किकुताबाट लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीलाई एक कार्यक्रमका बिच मंगलबार हस्तान्तरण भएको छ ।

    जापानीज राजदुतावास नेपालको सहयोगमा पाँचखाल नगरपालिका वडा नं ६ मा निर्माण भएको भवन सँगै लवग्रीन नेपाल नामक संस्था ३० बर्ष पुगेको अवसरमा प्रकाशित पुस्तक तीस बर्षको यात्रा नामक पुस्तक लोकार्पण भएको थियो ।

    भकार्यक्रमका राजदुत युताका किकुताले पाँचखालका कृषकहरुको हितको लागि तालिम भवन निर्माण भएकोमा खुसि लागेको बताए । नेपाली विद्यार्थीहरुलाई जापानमा गरिने कृषि पेसाको बारेमा जानकारी गराउंदै तालिममा सहभागि गराउनु पर्नेमा जोड दिए । पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले पाँचखाल नगरमा लवग्रीन नेपालले पु¥याएको योगदानको चर्चा गरे ।

    लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी सदस्य सिवकुमार बस्नेत, जाईका नेपालका प्रमुख यकिमिट्सु ओकुव लगायतले कृषककको हितको लागि कार्य गर्दै आएको लवग्रीनको कामको प्रशंसा गरेका थिए ।

    सोही अनुसार १ करोड ६९ लाख बराबर लागत अनुमान भएकोमा जापानी दुतावास नेपालले ९४ लाख ७३ हजार १७ र संस्थाले आफ्नो स्रोतबाट ५२ लाख ९ हजार १२९ लगानी गरी कुलजम्मा १ करोड ४६ लाख ८२ हजार १४६ लागतमा सन् २०२१ को फेब्रुअरी महिनामा निर्माण सम्पन्न गरेको थियो । कोभिड–१९ कारणले भवन हस्तान्तरण गर्न नसकिएको भएपनि दुतावासको अनुमतिलिई तालिम तथा अन्यकार्यक्रमहरु संचालन गरिएको थियो ।

    नवनिर्मित भवनमा सभा कक्ष १, तालिम कक्ष २, सयन कक्ष ४, ल्याबोरेटरी कक्ष १, भान्छा १ र डाईनिङ्ग कक्ष १ रहेका छन् । विगत १५ महिनाको अवधिमा ४६१ जना महिला र २४१ पुरुष गरी जम्मा ७०२ जनाले कृषि, पशुपालनर कम्प्युटर सम्बन्धी तालिम लिई सकेका छन् । तालिम केन्द्रमा संस्थाले जापानीज भाषाकक्षा, कृषि र पशुपालन , कम्प्यूटर तालिमहरुलाई अझै परिष्कृत गरी संचालनगर्ने लक्ष्यलिएको छ । यसबाट स्थानीययुवाहरु र कृषकहरु लाभान्वित हुन मद्दत पुग्ने भएको छ ।

    वि.सं.२०४८ साल माघ १ गते स्थापना भएको संस्थाले २०७८ साल माघ १ गते संस्थाले ३० औं वर्ष पार गरेको छ । संस्थाले ३० औं वर्ष पार गर्दा सम्पन्न गरेका क्रियाकलापहरु लाई लिपीवद्ध गरी अभिलेखीकरण गरी सरोकारवा लालगायत सबैलाई पुनःजानकारी गराउन “तीनदशकको यात्रा” नामक पुस्तक सार्वजनिक गरेको छ

    प्रतिक्रिया दिनुहोस