‘व्यक्तीको जग्गामा सडक पुर्याउन उपभोक्ता समितिको अध्यक्षको मिलेमतोमा पूर्व नगर सदस्य केबल रम्तेलले लिए लाखौं रुपैया, सम्बन्धित निकायले देखाएन चासो’ भन्ने विषयमा मिडियाचोक डटकममा समाचार आएपछि जग्गा धनी सँग लिएको रकम सामाजिक काममा लगाउने गरी रकम फिर्ता गर्ने भएका छन् ।
नगरपालिकाका निवर्तमान नगर कार्यपालिका सदस्य केबल रम्तेल र पनौती ९ सुन्थानमा भिमसेनस्थान प्रगति मार्ग मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलिप रम्तेलको मिलेमतोमा लिएको रकम सामाजिक काममा लगाउने सहमति भएको छ । मिजार टोलबाट दशरथ भण्डारीको ज्वाईको बारीमा जाने मोटरबाटो निर्माणमा उपभोक्ता समितिका अध्यक्ष दिलिप र पूर्व जनप्रतिनिधि केबल रम्तेल सँगको मिलेमतोमा सम्बन्धित जग्गा धनीसंग रकम लिएका थिए । स्थानीय दशरथ भण्डारीले आफ्नो ज्वाईको जग्गामा बाटो लगिदिएबापत ५ लाख दिएको र त्यसमा तीन लाखको चेक उपभोक्ता समितिका अध्यक्ष दिलिप रम्तेलको नाममा र अन्य नगद केबल रम्तेललाई दिएका थिए ।
समितिका अध्यक्ष दिलिप रम्तेलले प्राप्त गरेको ३ लाखको चेक मध्ये पनि १ लाख आफुले राखेर २ लाख रुपैया केबल रम्तेललाई दिएका थिए । रकम लिएर बाँडेको कुरामा केबल रम्तेल र दिलिप रम्तेलले समेत स्वीकारेका छन् ।
शुक्रवार भएको छलफलमा समेत रकम लिएको स्वीकार गर्दै लिएको रकम समाज रुपान्तरणका लागि अति आबस्यक देखिन आउने सामाजिक कार्यमा सहयोग गर्ने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस