एमसिसि पास भएपछि काँग्रेस सकिन्छ भन्थे पहिलो पार्टी बन्यो : उपसभापति पूर्णबहादुर खड्का

Post Thumbnail
  • २०७९ जेष्ठ २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १९१ पाठक संख्या

  • नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसले एमसिसि पास भएपछि काँग्रेस सकिन्छ भनेर प्रचार गरिए पनि एमसिसि पास भएकोले एमसिसि पास भएको बताएका छन् ।

    आज नेपाली काँग्रेस काभ्रे समितिले स्थानीय तहको निर्वाचनमा विजयीहरुलाई गरेको सम्मान कार्यक्रममा उपसभापति खड्काले पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि पहिलो पार्टी भएको जानकारी दिए । ‘सबैले सकिन्छ भने तर काँग्रेसले देशको आवश्यकता, महत्व गरेर पास गरेकोले स्थानीय निर्वाचनमा पहिलो पार्टी भएको छ ।’–खड्काले भने ।

    स्थानीय तहमा काँग्रेस पहिलो पार्टी भएको भन्दै यसलाई प्रारम्भ ठानेर यसको जगमा प्रदेश र संघको चुनावको तयारीमा लाग्नुपर्ने उनको भनाई छ । काँग्रेसलाई आएको मत हेर्दा यो निर्वाचनबाट काँग्रेसप्रति विश्वास बढ्न थालेको उनको भनाई छ । यसलाई जोगाउन निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरे ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, जिल्ला सभापति तिर्थ लामा, काँग्रेस नेता इन्द्रमणी अधिकारी, उपसभापति ठाकुर न्यौपाने, प्रदेश सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्रबहादुर लामा, हेम लामा, जिल्ला सदस्य सनिता बजगाई लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।


    कार्यक्रममा काँग्रेसबाट निर्वाचित ४ नगरप्रमुख, २ नगर उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष, ६० वडा अध्यक्ष, ३१४ जना सदस्य, तथा कार्यपालिका सदस्य ३३ लाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस