स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस पहिलो पार्टी

Post Thumbnail
  • २०७९ जेष्ठ २६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३७९ पाठक संख्या

  • नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

    नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

    निर्वाचन प्रतिवेदन उपसमितिका संयोजक प्रदीप पौडेलले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

    बुधबार पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष उपसमितिले निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।

    प्रतिक्रिया दिनुहोस