जिल्ला अनुगमन समितिको अनुगमनको क्रममा बनेपाका होलसेल पसलहरुमा कैफियत देखिएका छन् ।
अनुगमनको क्रममा बनेपाको तरकारी बजारमा रहेको माँ गोल्मादेवी अडर एण्ड सप्लायर्सलाई नयाँ मुल्य सूचि नभएको, सरसफाईमा ध्यान नदिएको, विग्रिएका तथा ड्यामेज भएका सामानहरु एकै ठाउँमा राखेको, मिति सकिएका सामानहरु विक्रिवितरण गरेको भन्दै रु १० हजार जरीवाना तिराईएको छ ।
अनुगमनको क्रममा अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अमरद्धिप सुनुवारले मुल्य सूचि नभएको, सरसफाईमा ध्यान नदिएको, विग्रिएका तथा ड्यामेज भएका सामानहरु एकै ठाउँमा राखेको, मिति सकिएका सामानहरु विक्रिवितरण गरेको भन्दै रु १० हजार जरीवाना तिराईएको जानकारी दिए । माँ गोल्मादेवी सप्लायर्सले कमसल चामललाई विभिन्न ब्राण्ड भएका बोरामा भरेर बेच्ने गरेकोले सचेत समेत गरिएको छ । अनुगमन टोलीले विभिन्न ब्राण्डका बोराहरु बरामद समेत गरेको छ । सप्लायर्समा भएका मिति सकिएका २२ बोरा चिउरा, ६ बोरा चामल, २ बोरा मैदा, विभिन्न थरीका चामललाई नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माले जानकारी दिए ।
त्यस्तै बनेपाकै न्यू पलाञ्चोक भगवती टेडर्समा सरसफाईमा ध्यान नदिएको पाइएको थियो । आजै धुलिखेलको बेईजि प्लान्टमा रहेको मयुर यातायात बसपार्कमा होटलहरुको समेत अनुगमन गरिएको छ । त्यहाँ रहेका ७ वटा होटहरुमा कुनैमा दर्ता नभएको, दर्ता भएपनि नबिकरण नभएको पाईएको थियो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अमरद्धिप सुनुवार, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्मा, पत्रकार महासंघ काभ्रेको पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइराला, कोषाध्यक्ष केदार तिमल्सिना, सदस्य देवराज केसी, राससका पेमा लामा, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके लगायत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस