बाढी पूर्व तयारीका लागि कृत्रिम अभ्यास (फोटो फिचर )

Post Thumbnail
  • २०७९ जेष्ठ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • ३०२ पाठक संख्या

  • काभ्रेको दोलालघाटमा सोमवार बाढी कृत्रिम घटना अभ्यास गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समिति काभ्रे, कालीजंग गण धुलिखेल, जिल्ला प्रहरी कार्यालय काभ्रे, शसस्त्र प्रहरी १५ नं गण र नेपाल रेडक्रस सोसाईटी काभ्रेको सयुक्त आयोजनामा इन्द्रावती र सुकोशीको संगमस्थल दोलालघाटमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

    बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाले जानकारी दिए । अभ्यासका क्रममा बिजुलीपुरबाट दोलालघाटमा पिकनिकको लागि गएका टोली मध्येबाट सुनकोशीमा पौडी खेल्दै गरेका ३ किशोरलाई नदीले बगाउँछ । बगाएका मध्ये एक जना पौडेर ज्यान जोगाउन सफल हुन्छन भने दुई जना नदीमा डुब्छन् । उनीहरुलाई जिउँदै उद्दार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तीको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो ।

    घटना अभ्यासमा बाढीले बगाएकाहरुको उद्धार, बाढीमा फसेकाहरुको नदीभित्रैबाट र नदी बाहिरबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।

    कृत्रिम घटना अभ्यासमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, भुम्लु गाउँपालिाकाका अध्यक्ष प्रेम भुजेल र उपाध्यक्ष दावा लामा, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाका २६ नं बाहिनीका सहायक रथि जोतिन्द्र महत, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, ससस्त्र प्रहरी बल १५ नं गणका प्रमुख सुरेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रेका कार्यालय प्रमुख त्रीरत्न राजबाहक, विद्यार्थी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

    उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैं यस वर्ष पनि बाढी कृत्रिम घटना अभ्यास गरिएको नेपाली सेनाका २६ नं बाहिनीका सहायक रथि जोतिन्द्र महत बताए ।

    कार्यक्रममा उद्धार सामग्रीहरुको प्रर्दशनी गरिएको थियो ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस