जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार १ गते

Post Thumbnail
  • २०७९ जेष्ठ २३, सोमबार मा प्रकाशित २ साल अघि
  • ५३१ पाठक संख्या

  • जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन आगामी असार १ गते हुने भएको छ ।

    मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गर्दै निर्वाचन घोषणा गरेका हुन् । कार्यतालिका अनुसार मतदाता नामावली जेठ २७ गते प्रकाशन, उमेद्वारको मनोनयन जेठ २९ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३० गते र निर्वाचन असार १ गते तोकिएको हो ।

    जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुन्छ । मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष रहन्छन ।

    काभ्रेमा १३ स्थानीय तह भएकोले जिल्ला समन्वय समितिको मतदाता २६ जना रहने छन् । २६ मध्ये काँग्रेस सँग १३ मत, माओवादी केन्द्र सँग ८ मत, एमाले सँग ४ मत तथा एकिकृत समाजवादी सँग १ मत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस