असार १ देखि आइतबार विदा नहुने

Post Thumbnail
  • २०७९ जेष्ठ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • ४०६ पाठक संख्या

  • सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

    अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

    गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस