भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो

Post Thumbnail
  • २०७९ जेष्ठ १८, बुधबार मा प्रकाशित २ साल अघि
  • ३२२ पाठक संख्या

  • काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

    बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।

    विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । ‘अब प्राविधिक जाँच गर्छौं’ प्रवक्ता सिटौलाले भने ।

    प्रतिक्रिया दिनुहोस