२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

Post Thumbnail
  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • ८४१ पाठक संख्या

  • आइतवार बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीलेहराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए ।

    मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामाभेटिएको जानकारी दिए । विमानमा अहिले पनि आगो लागिरहेको छ ।

    बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग१०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ↑