पाँचखाल नगरप्रमुख खरेलको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा

Post Thumbnail
  • २०७९ जेष्ठ ११, बुधबार मा प्रकाशित ४ साल अघि
  • ८५८ पाठक संख्या

  •  

    पाँचखाल नगरपालिकाले पालिका भित्र रहेका अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ ।

    नगर प्रमुखको रुपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय सँगै दोश्रो कार्यकाल शुरु गरेका छन् ।

    नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीहरुको लागि स्वास्थ्य विमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।

    पाँचखाल नगरपालिकामा क बर्गका १ सय १० जना, ख बर्गका १ सय ९१ जना, ग बर्गाका १ सय ९ जना तथा घ बर्गका ४८ जना गरि ४ सय ५८ जना अपाङ्गता भएका नगरवासी छन् ।

    प्रतिक्रिया दिनुहोस