स्थानीय तह निर्वाचन २०७९ : काभ्रेमा कांग्रेस पहिलो, एमाले तेस्रो

Post Thumbnail
  • २०७९ जेष्ठ १०, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७५१ पाठक संख्या

  • १३ स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष २६ मध्ये १३ पदमा कांग्रेसले जित हात पार्दै काभ्रेमा पहिलो दल बनेको छ ।

    काँग्रेसले १३ पालिकाका बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका प्रमुख, रोशी, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्ष, धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा उपप्रमुखका साथै भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकामा उपाध्यक्ष पदमा जित निकालेको छ । त्यस्तै काभ्रेका १३५ वडामध्ये ६० वडामा कांग्रेसले वडा अध्यक्ष जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन कांग्रेस १ नगर प्रमुख, उपप्रमुख र ३ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा सीमित थियो ।

    त्यस्तै माओवादी केन्द्रले उपप्रमुख तथा अध्यक्षउपाध्यक्ष गरी ८ वटा पदमा विजयी हुुँदै दोश्रो भएको छ । माओवादीबाट चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिका अध्यक्ष, नमोबुद्ध नगरपालिकाको उपप्रमुखका साथै रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र २ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ४ पदमा सीमित थियो । माओवादीले २५ वडामा वडा अध्यक्षमा विजयी भएको छ ।

    त्यस्तै २०७४ मा पहिलो भएको एमाले तेश्रोमा झरको छ । एमालेले एक प्रमुख सहित ३ उपप्रमुख जितेको छ । एमालेले धुलिखेल नगरपालिकाको प्रमुख, बनेपा, पनौती र पाँचखाल नगर उपप्रमुख पदमा खुम्चिएको छ । एमालेले काभ्रेका ४३ वडामा जित हात पारेको छ । त्यस्तै एकिकृत समाजवादीले मण्डनदेउपुर नगरको प्रमुखमा विजयी भएको छ भने ४ वडामा वडा अध्यक्ष जितेको छ । काभ्रेका २ वडामा स्वतन्त्र र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएको छन् । स्वतन्त्रबाट जित्नेमा नमोबुद्ध नगरपालिका १ र बेथानचोक गाउँपालिका छन् भने राप्रपाबाट धुलिखेल ७ मा वडा अध्यक्ष जितेका छन् ।

    बनेपाको प्रमुखमा नेपाली काँग्रेसका शान्तिरत्न शाक्य, उपप्रमुखमा एमालेकी विमला सापकोटा, नमोबुद्ध नगर प्रमुखमा काँग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा, पाँचखाल नगरप्रमुखमा काँग्रेसका महेश खरेल र उपप्रमुखमा एमालेकी सुर्यमाया दनुवार, पनौती नगरप्रमुखमा काँग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा एमालेकी गीता बञ्जारा, मण्डनदेउपुरमा नेकपा एसका टोकबहादुर वाइवा र उपप्रमुखमा कांग्रेसका विष्णुमणि नेपाल, धलिखेलमा एमालेका अशोक ञ्यान्जु र उपप्रमुखमा काँग्रेसका निराजन जंगम विजयी भए ।

    त्यस्तै गाउँपालिकाहरुम भुम्लु अध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङ, खानीखोला अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा, चौरीदेउरालीमा अध्यक्षमा माओवादी केन्द्रकी रेणुका चौलागाईं र उपाध्यक्षमा कांग्रेसका शेरबहादुर लामा निर्वाचित भएका छन् । रोशी अध्यक्षमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला), बेथानचोकको अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना, तेमालको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर, महाभारत गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा नेपाली काँग्रेसका सागर मोक्तान विजयी भए ।

    प्रतिक्रिया दिनुहोस