पाँचखालमा महेश खरेलको अग्रता कायमै

Post Thumbnail
  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १७४० पाठक संख्या

  • काभ्रेको पाँचखालमा अहिले पनि मतगणना जारी छ।

    हालसम्म प्राप्त नतिजा अनुसार नगरप्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलको अग्रता कायमै छ । उनले ६ हजार ५२२ मत ल्याएका छन् भने एमालेका कञ्चन अधिकारीले ३ हजार ५८२ पाएका छन् ।

    यस्तै उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम मणिले ४ हजार ६३७ मतअगाडि छन् भने एमालेकी सूर्यमाया दनुवारले ४ हजार १७३ मतका साथ पछ्याइरहेकी छिन्।

    हालसम्म ५ वटा वडाको गणना सकिँदा तीन वटा कांग्रेस, एउटा माओवादी केन्द्र र एउटा एमालेले जितेको छ। अहिले वडा नं ६ र ७ को मत गणना भइरहेको छ ।

    वडा नं १३ मा वैशाख ३० मा मतदान स्थगित भएको थियो । जेठ ३ मा त्यहाँ पुनः मतदान भए पछि गणना सुरू भएको हो ।

    पाँचखालमा जम्मा २३ हजार १८१ मत खसेको छ। यहाँ १३ वटा वडा रहेका छन्। यसअघि यस नगरपालिकामा कांग्रेसले जितेको थियो।

    प्रतिक्रिया दिनुहोस