२०८३ आश्विन ६, मंगलबार  | Tue, 22, Sep, 2026

काभ्रेका ६ पालिका प्रमुखले लिए सपथ

Post Thumbnail
  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १२२० पाठक संख्या

  • काभ्रेका ६ पालिका प्रमुखले सपथ लिएका छन ।

    जिल्ला अदालत काभ्रेमा आयोजना भएको कार्यक्रममा मतगणना सकिएका मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइवा, रोशी गाऊँपालिका अध्यक्ष दिनेश लामा, तेमाल गाऊँपालिका अध्यक्ष चन्द्र लामा, चौरीदेउराली गाऊँपालिका अध्यक्ष रेणुका चौलगाई, खनिखोला गाऊँपालिका अध्यक्ष इन्द्र बहादुर तामाङ र भुम्लु गाऊँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले शपथ लिएका हुन ।

    विजयीहरूलाइ जिल्ला मुख्य निर्वाचन अधिकृत मुख्य न्यायाधीश मोहन प्रसाद भट्टराईले सपथ खुवाएका थिए ।

    कार्यक्रममा विजयीहरूलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, खड्गदल गणका गणपति मिलन थापा, जिल्ला प्रहरी प्रमुख चक्रराज जोशी, शसस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसंधान प्रमुख नागेन्द्र दाहल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, जिल्ला निर्वाचन प्रमुख उमेश राई लगायतले बधाई दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस