तेमाल गाउँपालिका अध्यक्षमा काँग्रेस तथा उपाध्यक्षमा माओवादी केन्द्र विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५६६ पाठक संख्या

  • काभ्रेको तेमाल गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष एवं माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ ।

    तेमालमा गठबन्धनको तर्फवाट नेपाली काँग्रेसका चन्द्र लामा ७०७८ मतले विजयी भए । लामा संग नेकपा एमालेका इन्द्रबहादुर तामाङ पराजित भए । इन्द्रबहादुरले ५९०० मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दलमान (डिएम) थोकर ६६६० मतका साथ विजयी भए । दलमान सँग नेकपा एमालेकी सम्तेन लामाले ४९७२ मत ल्याएर पराजित भईन ।

    तेमालमा यस अघि काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जितेको थियो । यो पटक गठबन्धन गर्दा उपाध्यक्ष माओवादीको भागमा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस