गोकुल बाँस्कोटाको नगरमा नेकपा एस नगरप्रमुख र कांग्रेस उपप्रमुखमा विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४९५ पाठक संख्या

  • मण्डनडेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी नगरप्रमुख र नेपाली कांग्रेस उपप्रमुखमा विजयी भएका छन ।

    नगरप्रमुखमा एसका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा ९४०६ मतका साथ विजयी भए । वाइवाले नेकपा एमालेका बिदुर सापकोटालाई १०५५ मतान्तरमा पराजित गरे । सापकोटाले मत प्राप्त गरे । यस अघि वाइवा नेकपा एमालेबाट नगरप्रमुखमा विजयी भएका थिए । वाइवा नेकपा एस बाट जिते पनी वडा अध्यक्ष र सदस्य हरुमा जितना ब्यक्ति हुन ।

    नगर उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल ४३८१ मत अन्तरले विजयी भए । नेपालले ११३०५ मत ल्याए । उपविजेता नेकपा एमालेका उम्मेदवार सरिता ढकालले ६९२४ मत प्राप्त गरिन ।

    मण्डनदेउपुर नगरपालिका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाको नगर हो । उनको वडामा भने एमालेले प्यानलै जीतेको भए पनि नगरपालिकामा भने जित्न सकेन ।
    मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ ।

    प्रतिक्रिया दिनुहोस