काँग्रेसले फर्कायो बनेपामा विरासत

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६०० पाठक संख्या

  • काँग्रेसले बनेपामा आफ्नो विरासत फर्काएको छ ।

    स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा १३७९४ मतका साथ शान्तिरत्न शाक्य विजयी भए । उनले एमालेका उम्मेदवार रत्नकुश रञ्जितलाई १९६९ मतान्तरले पराजित गरे । रञ्जितले ११८२५ मत ल्याएका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेबाट विमला सापकोटाले ११९९२ मतका साथ विजयी भईन । सापकोटाले गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका रघुवर चौप्रधानलाई १४७७ मतान्तरका साथ पराजित गरिन । चौप्रधानले १०५१५ मत पाएका थिए ।

    सधै बनेपामा चुनाव जित्दै आएको काँग्रेस २०७४ सालको निर्वाचनमा नगरप्रमुखमा नेकपा एमाले सँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस