धुलिखेल नगरपालिकामा उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि हिजोबाट रोकिएको मतगणना अझै हुन सकेको छैन् ।
मतगणना सुरु हुनुअघि दलहरूसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा छाप छ भने उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणासमेत भइसकेको छ । वडा नं ९ को पनि गणना गर्नको लागि ‘सर्टिङ’ गरिसकेपछि एकाएक रोकिएको मतगणना झण्डै २४ घण्टा वित्दापनि शुरु हुन सकेको छैन् ।
मतगणना रोकिएपछि सर्वदलिय बैठक र त्यसपछि बसेको जिल्लाका पार्टी प्रमुखहरूको छलफलले समेत निकास निकाल्न नसकेपछि मुख्य निर्वाचन कार्यालय धुलिखेलले आयोगलाई पत्र लेखेको छ । निर्देशिकाविपरीत सहमति भएकोमा आफ्नो गल्ती महसुस गर्दै मुख्य जिल्ला न्यायधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले आफुहरुले गल्ती गरेकोले आफुभन्दा माथिल्लो निकायको आदेश लिन पत्र लेखेको जानकारी दिए ।
दलहरुको बैठकको छलफलमा कांग्रेसलगायत स्वत्नत्र उम्मेदवारले मतगणनाअघि भएको सहमतिअनुसार यसअघि घोषणा भएका ८ वडाअनुसार नै बाँकी वडाको मतगणना हुनुपर्ने अन्यथा यसअघिका सबै वडामा पुनः गणना वा मतदान हुनुपर्ने अडान राखेका थिए भने एमालेले नयाँ नियमअनुसार हुनुपर्ने अडान राखेको थियो । निर्देशिकाविपरीत यसअघि गरिएको मतगणना किन गरियो र मतगणना निर्देशिकासमेत जानकारी नहुने न्यायधीशलाई कारबाहीको मागसमेत अन्य दलले गरेका छन् ।
के हो विवाद ?
सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न पर्यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले मतगणना नै राकिदिएपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ । मत परिणाम अनुसार धुलिखेल नगरमा प्रमुखमा एमालेका उम्मेद्वार व्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत वीच प्रतिस्पर्धा भैरहेको छ । स्वतन्त्र उम्मेदवार बस्नेत नेपाली काग्रेसको नगर सभापति समेत थिए । निर्वाचनमा काग्रेसले टिकट नदिएपछि उहाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका थिए ।
धुलिखेल विवादमा वडा नम्बर १ देखि ८ सम्मको जुन नियम अनुसार मतगणना भएको थियो त्यहि नियम अनुसार मतगणना गर्नुपर्ने स्वतन्त्र उम्मेद्वार पक्षको भनाई छ भने अब वडा नम्बर ९ देखि १२ सम्म अर्को नियम लागु गर्नुपर्ने व्याञ्जु पक्षको भनाई छ । ‘आफ्नो पक्षमा मत आउदा नियम ठिक, अर्कोको पक्षमा मत आउदा बेठीक भन्ने हुदैन’– सर्वदलीय बैठकमा सहमति गर्दा हस्ताक्षर गर्ने एक नेता कृष्णप्रसाद खनाल भन्छन् – वडा नम्बर १ देखि ८ वडा सम्म जुन नियम अनुसार मतगणना भएको थियो त्यहि नियम अनुसार ९ देखि १२ वडा सम्म मतगणना हुनुपर्छ । खेलको वीचमा नियम परिवर्तन नहुने उनको भनाई थियो ।
किन भयो विवाद ?
धुलिखेल नगरमा मतगणना अघि बसेको सर्वदलीय बैठकले उम्मेद्वार भएको र नभएको दुबै चिन्हमा मत आएको भए उम्मेदवार भएको चिन्हलाई मान्य बदर नहुने नियम बनाइएको थियो । वडा नम्बर १ देख ८ सम्म यहि नियम अनुसार मतगणना भयो । जसमा सुर्य चिन्हका व्याञ्जुले भारी मत अन्तरले अग्रता लिएका थिए । वडा नम्बर ८ सम्म १२ हजार ५ सय ४० मतगणना गर्दा २ हजार ४१ मतका साथ अगाडी थिए ।
वडा नम्बर ७ सम्म मतगणना गर्दा २ हजार ६ सय भन्दा बढी मतान्तर घटाउदै स्वतन्त्र उम्मेदवार बस्नेतले वडा नम्बर ८ को गणनामा २ हजार ४१ मा ल्याएपछि व्याञ्जु पक्षले विवाद गर्न थालेका हुन । धुलिखेलको वडा नम्बर ८ मा आइपुग्दा उपप्रमुखमा पनि नेपाली काग्रेसको उम्मेद्वार १ सय ६१ मतले अग्रता लिइसकेको छ । जब, वडा नम्बर ९ देखि स्वतन्त्र उम्मेदवार बस्नेतको चुनाव चिन्ह जेब्रा उपप्रमुख निराजन जंगमको चुनाव चिन्ह रुखमा एकलौटी मत आउने सुईको पाएपछि सर्वदलीय बैठकको सर्वसम्मत निर्णय विरुद्ध नियम परिवर्तन गर्र्नुपर्ने माग राख्दै एमालेका उम्मेदवारले विवाद झिकेका कृष्णप्रसाद खनाल बताउछन् ।
हार मानसिकताले विवाद
धुलिखेल नगरमा २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेका नेपाल नगरपालिका संघको अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार अशोक व्याञ्जु यस पटक पनि निर्वाच जित्नेमा ढुक्क थिए । काँग्रेसभित्र विवादको कारण नगर सभापतिले नै स्वतन्त्र उम्मेद्वारी दिएपछि त झन सजिलै चुनाव जितिन्छ भन्ने मानसकिता थियो । पाचललीय गठबन्धनमा यो नगर एकिकृत समाजवादीको भागमा परेको छ । एकिकृत समाजवादीका तर्फबाट दयासागर श्रेष्ठ उम्मेदार छन् । एकिकृत समजवादकिा उम्मेदवारले सोचेजस्तो मत प्राप्त गर्न सकेनन् । प्रतिस्पर्धा स्वतन्त्र उम्मेद्वार बस्नेत र व्यञ्जुवीच भयो । वडा नम्बर १ देखि ७ सम्म व्याञ्जुको सुर्य चिन्हमा धेरै मत आयो । आफ्नो पक्षमा धेरै मत आउदा व्याञ्जुले विवाद गरेनन् । जब वडा नम्बर ८ को मतगणना हुदा प्रमुखमा स्वतन्त्र उम्मेवार बस्नेतको जेब्रा र उपप्रमुखमा जंगमको रुखमा बढी मत आउन थाल्यो व्यवञ्जुले विवाद झिक्न थाले । वडा नम्बर ९ देखि जेब्रा र रुखमा एकलौटी मत खस्ने आकलन गरेपनि नियम परिवर्तनको माग राख्दै मतगणना नै स्थगित गर्नुपर्ने व्याञ्जुले अडान राखे ।
एमालेका उम्मेदवार व्याञ्जुको हार मानसिकता कसरी देखियो भन्ने बारेमा जिज्ञासामा स्वतन्त्र उम्मेदवार बस्नेतका चुनावी अभियानका संयोजक समेत रहेका कृष्णप्रसाद खनाल भन्छन– मतगणनाको क्रममा सटलिष्ट गर्ने क्रममा वडा नम्बर १ देखि ८ सम्म उल्लोबाट गरिएको थियो । वडा नम्बर ९ को मतगणनाको क्रममा सुल्टोबाट सर्टलिष्ट गरियो । मतगणना कार्यमा रहेका कर्मचारीले सुल्टोबाट सर्टलिष्ट गर्दा सुर्यमा मत नआएको प्रमुखमा जेब्रा र उपप्रमुखमा रुखमा मात्र मत आएको देखेपछि व्याञ्जुलाई बोलाए र विवाद झिक्न लगाए । वडा नम्बर ९ को २५ वटा मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह जेब्रामा मात्र आएको थियो । यसरी अब वडा नम्बर ९ देखि १२ सम्म एकपक्षीय रुपमा जेब्रा र रुखमा मात्र मत आउछ भनेपछि व्याञ्जुले विरोध गरेको खनालको भनाई छ ।
अब के हुन्छ ?
मतगणनाको क्रममा ऐन नियम र निर्देशिकामा नभएको कुरा सर्वदलीय बैठकले सहमति गरेर लागु हुन्छ । धुलिखेलमा पनि मतगणना अघि सर्वदलीय बैठक बसेर सर्वसम्मत निर्णय भएका नियम अनुसार वडा नम्बर ८ सम्म निर्विवाद मतगणना भयो । ‘अब नियम परिवर्तन गर्ने हो भने वडा नम्बर ८ सम्मको नतिजा त्रुटीपुर्ण भएको मानिन्छ’ मतगणना अघि नियम बनाउन बसेको सर्वदलीय बैठकका एक हस्ताक्षरकर्ता कृष्णप्रसाद खनाल भन्छन् – हाम्रो अडान १ खेखि ८ सम्म जुन नियममा मतगणना भएको थियो त्यहि नियम अनुसार मतगणना हुनुपर्छ भन्ने हो । नियम परिवर्तन गर्ने हो भने वडा नम्बर ८ सम्मको नतिजा मान्य हुदैन पुन निर्वाचन गर्नुपर्छ । अब मेरो पक्षमा मत आउदैन म हार्ने भए भनेर वीचमा नियम परिवर्तन गर्न मिल्दैन । मतगणना शुरुहुनुपर्व जे सहमति भएको छ मतगणना सम्पन्न नहुन्जेल त्यहि नियम लागु हुनुपर्छ भन्ने हाम्रो मान्यता हो– उनी भन्छन् । वडा नम्बर ८ सम्म आइपुग्दा व्याञ्जुले २ हजार मतले अग्रता लिदा पनि हामिले पहिलाको नियम परिवर्तन गनुृपर्छ भनेको छैन भन्दै खनाल भन्छन् । ‘अब फरक ढंगले मतगणना गर्दा पहिलाको नजिता त्रुटीपुर्ण भएको मानिन्छ । हामी की पुन निर्वाचन गर्नुपर्छ की अहिले सम्म जुन नियमले मतगणना भयो त्यहि नियम अनुसार गणना हुनुपर्छ भन्ने पक्षमा छौं । हार मानसिकताले उब्जाएको एमालेको दम्भ हामी मान्दैनौ ।’
प्रतिक्रिया दिनुहोस