खानीखोला गाउँपालिकामा अध्यक्षमा छिन्ताङ, उपाध्यक्षमा दोर्जेमान विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित २ साल अघि
  • ५५९ पाठक संख्या

  • खानीखोला गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्‍यक्षमा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित भएका छन् ।

    गाउँपालिकाको अध्‍यक्षमा एमालेका शेखर लामालाई १ हजार ३ सय बढी मतले हराउँदै माओवादी केन्द्रका इन्द्रबहादुर थिङ निर्वाचित भएका हुन् । थिङले ४ हजार ४८५ मत ल्याउँदा एमालेका लामाले ३ हजार १५५ मात्र मत ल्याए ।

    यस्तै गाउँपालिकाको उपाध्‍यक्षमा एमालेका रुकमेणी गुरुङलाई पराजित गर्दै कांग्रेसका दोर्जे मान जिम्‍वा निर्वाचित भएका हुन् । दोर्जेले ४ हजार ३२८ मत ल्याउँदा रुकमेणीले २ हजार ९८७ मात्र मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस