भुम्लुमा गठबन्धन विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २३५ पाठक संख्या

  • काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

    आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।

    उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा) ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत पाएकी छन् ।

    काभ्रेका १३ वटा स्थानीय तहहरुमध्ये भुम्लु नतिजा सार्वजनिक गर्ने पहिलो पालिका हो ।

    प्रतिक्रिया दिनुहोस