काभ्रेमा आईतबार साँझसम्म २५ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
काभ्रेमा रहेका १ सय ३५ मध्ये नतिजा सार्वजनिक भएको २५ मध्ये सबैभन्दा बढि १२ वडामा काँग्रेस, ९ वडामा एमाले, ३ वटामा माओवादी केन्द्र र १ वटामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।
आइतबार बेलुका ९ः३० बजे सम्मको नतिजा अनुसार काँग्रेसले बेथानचोक गाउँपालिका १, भुम्लु गाउँपालिका २, महाभारत गाउँपालिका २ र ३, धुलिखेल नगरपालिका १ र ४, नमोबुद्ध नगरपालिका २, चौरीदेउराली गाउँपालिका १, मण्डनदेउपुर नगरपालिका २, बनेपा नगरपालिका २, पनौती नगरपालिका १ र खानीखोला गाउँपालिका २ मा विजयी भएका छन् ।
त्यस्तै एमालेले रोशी गाउँपालिका १, धुलिखेल नगरपालिका २, ३, मण्डनदेउपुर नगरपालिका १, चौरीदेउराली गाउँपालिका २, बनेपा नगरपालिका–१, भुम्लु गाउँपालिका ३ र ४, पनौतीको वडा नम्बर २ मा वडा अध्यक्ष विजयी भएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट खानीखोला गाउँपालिका १, महाभारत गाउँपालिका १ र भुम्लु गाउँपालिका १ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस