बहुदलपछि एमालेले जित्दै आएको ठाउँमा काँग्रेसले जित्यो वडा अध्यक्ष

Post Thumbnail
  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ५७८ पाठक संख्या

  • अहिलेसम्म काँग्रेसले नजितेको ठाउँमा वडा अध्यक्ष जितेको छ ।

    बहुदलपछि एमालेले जित्दै आएको पनौती वडा नं १ मा नेपाली काँग्रेसका जयबहादुर तामाले १५ सय ९३ मत सहित वडा अध्यक्षमा विजयी भए । उनका प्रतिद्धन्दी एमालेका विरमान तामाङले १३ सय ६८ मत ल्याए ।

    कम्युनिष्ट किल्ला भनेर चिनिने पनौती १ मा २०७४ सालमा ४०५ मतान्तरले जयबहादुर पराजित भएका थिए ।

    २०४६ सालयताका सबै चुनावमा एमालेको एकलौटी र एकछत्र प्रभाव रहेको पनौती १ साविक रयाले गाविसको रुपमा थियो ।

    प्रतिक्रिया दिनुहोस