धुलिखेलमा ‘सूर्य र जेब्रा’ को प्रतिष्पर्धा, कलम प्रतिस्पर्धावाट बाहिरिने निश्चित

Post Thumbnail
  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ५२७ पाठक संख्या

  • धुलिखेल नगरपालिकाको प्रमुख पदमा सुर्य र जेब्राको प्रतिष्पर्धा देखिएको छ ।

    नगरप्रमुख पदमा एमाले जिल्ला अध्यक्ष अशोक कुमार ब्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत विच प्रतिस्पर्धा देखिएको हो । धुलिखेलको १, २, ३ र ४ नं वडाको ५ हजार ७ सय ५५ मत मध्ये सूर्य चिन्हमा २ हजार ५ सय ४ र जेब्राको २ हजार २ सय ६३ मत आएको छ भने गठबन्धनको चुनाव चिन्ह कलमले १ सय ९६ मत ल्याएको छ । धुलिखेलको चार वटा वडाको अन्तिम मत परिणाम हेर्दा गठबन्धन तर्फका नेकपा (एकीकृत समाजवादी) का कलम चिन्हका नगरप्रमुख पदका उम्मेद्ववार लगभग प्रतिस्पर्धाबाट बाहिरिएका छन ।

    बस्नेतको पक्षमा खसेको मत देखेर एमालेलाई जित्न सहज होस् भन्दै बस्नेतलाई स्वतन्त्र उम्मेदवार बन्न प्रेरित गर्नेहरू अहिले दंग परेका छन । धुलिखेलमा १ नं र ४ नं नेपाली काँग्रेसले र २ र ३ एमालेले जितिसकको छ । एमालेले जितेका २ र ३ मा सिंगो प्यालन एमालेले जित्दा पनि बस्नेतले सन्तोषजनक मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस