बेथानचोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा मधुसुदन तिमल्सिना विजयी

Post Thumbnail
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ५४४ पाठक संख्या

  • बेथानचोक गाउँपालिकामा कांग्रेसले विजय सुरुवात गरेको छ।

    बेथानचोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा मधुसुदन तिमल्सिना विजयी भएका हुन्। वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।

    उनले एमालेका निकटतम प्रतिद्वन्द्वी डण्डप्रसाद तिमल्सिनालाई ९ मतले पराजित गर्दै विजयी भएका हुन्। विजयी मधुसुदन तिमल्सिनाले ५०७ मत प्राप्त गर्दा डण्डप्रसाद तिमल्सिनाले ४९८ मत ल्याए।

    विजयी मधुसुदन तिमल्सिना लामो समयदेखि पत्रकारिता पेशामा संलग्न थिए । पछिल्लाे समय उनी जिल्लाकाे मध्यमार्ग साप्ताहिक र गाेरखापत्र दैनिकमा जिल्ला संवाददाताकाे रूपमा कार्यरत थिए ।

    प्रतिक्रिया दिनुहोस