२०८३ आश्विन १९, सोमबार  | Mon, 05, Oct, 2026

धुलिखेल-१ को अध्यक्षमा कांग्रेसका लामा निर्वाचित

Post Thumbnail
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • ९९९ पाठक संख्या

  • धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा ५७३ मतसहित निर्वाचित भएका छन् ।

    वडा नम्बर १ को सबै १२८४ मत गणना हुँदा कांग्रेस उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन् । एमाले उम्मेदवारले ४६७ मत पाए । वडा दलित महिला सदस्यमा काङ्रेसकै गोमा बिश्वकर्मा, सदस्यमा काङ्रेसका दिपक घोरसाइने, एमालेका लाक्पा लामा र महिला सदस्यमा काङ्ग्रेसका चन्द्रमाया तामाङ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

    मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा नम्बर १ को मत गणना सकिँदा बस्नेतले ५७२ मतपाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑