काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।
चौंरीदेउराली गाउँपालिका–६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका–१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका–७ को भुमेश्वोरमावि केन्द्र र तेमाल–९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो ।
चौंरीदेउराली गाउँपालिका–६ को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिएपछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको छ ।
पाँचखाल नगरपालिका–१३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३–४ वटा मतपत्र दिएकोभन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको हो । विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोगगरिएको फर्निचर तोडफोड गरेको छ ।
त्यस्तै तेमाल–९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचकोविवादका कारण मतदान स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस