
स्थानीय तहको निर्वाचन आउन ५ दिन बाँकि रहदा काभ्रे जिल्लाभर मादक पदार्थ पिउन र बेच्न प्रतिबन्ध लगाईएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा आईतवार जारी सूचनामा भोलि २६ गतेदेखि बैशाख ३१ गते सम्म मादक पदार्थ पिउन र बेच्न नपाईने उल्लेख गरिएको छ।
निर्वाचनलाई केन्द्रित गरेर जिल्ला भर मदिरा पिउन र बेच्न पूर्णरुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस