धुलिखेल नगरपालिकामा गठबन्धन दलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त रुपमा तयार गरेको चुनाव प्रतिबद्धता पत्र शुक्रवार एक कार्यक्रमका वित सार्वजनिक गरिएको हो ।
प्रतिबद्धता पत्र लेखन समितिका संयोजक कांग्रेस काभ्रेका जिल्ला सदस्य रामकृष्ण हुमागाईंले नगरभित्रको धेरै भन्दा धेरै जनताको भावनालाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको बताए ।
प्रतिबद्धता पत्रमा पशुजन्य, फलफूल तरकारीको उत्पादकत्व वृद्धिको लागि स्थानीय युवाहरुको विकास गरिने उल्लेख गरिएको छ । त्यस्तै पशु बीमा गरी उच्च प्रविधिमा आधारित पेशा गर्न प्रोत्साहन गरिने भनिएको छ । कृषकलाई दूध तथा तरकारीमा अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ । स्थानीय संरक्षण उल्लेख गरिएको छ । तरकारी संकलन केन्द्र स्थापना गर्ने कृषि उपज भण्डारण केन्द्र बीउ प्रशोधन केन्द्र निर्माण गरी कृषिको आधुनिकीकरण गरिने धुलिखेलका सवैक्षेत्रलाई प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकन गर्ने प्रमुख गन्तव्यको रुपमा विकास गरिने । हरेक वडामा पर्यटकिय क्रियाकलाप सञ्चालन गरिने, नगरको पर्यटन गुरुयोजना निर्माण गरिने उल्नेख छ ।
धुलिखेलमा पर्यटन बोर्ड स्थापना गरिनेछ भने पर्यटन व्यवसायमा लगाइएको दोहोरो तथा तेहोरो कर खारेज गरी नयाँ व्यवसाय र होटल व्यवसायीहरूको सल्लाहमा नयाँ कर नीति लागू गरिने उल्नेख छ । मुटुरोगी, मृगौला रोगी, क्यान्सर रोगीको लागि अवस्था हेरेर नगरपालिकाले ५ लाख लाख म्म उपचार खर्च व्यहोर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । सार्वजनिक स्थानहरुमा योग केन्द्र तथा ध्यान केन्द्र स्थापना गर्न पहल गरिने भनिएको छ ।
गठबन्धन दलहरुले सबैभन्दा महत्वपूर्ण र नयाँ योजनाको रूपमा प्रतिबद्धतामा नगरपालिकाको वडा नम्बर ५, ६, ७ र १२ रहेका पुराना घरहरूको पुरातात्विक रुपमा संरक्षण गर्ने विषयलाई महत्वका साथ उल्लेख गरेका छन । ती घरहरूको पुनर्निर्माण गर्दा वा नयाँ बनाउँदा पुरानो संस्कृति र कला संरक्षण गर्न नगरपालिकाले करछुट, आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भनिएको छ ।
न्यून आय भएका विद्यार्थीहरु अपाङ्ग तपाईंका व्यक्तिहरुलाई उच्चशिक्षा हासिल गर्न नगरपालिकाबाट अनुदानको व्यवस्था गरिने छ, सरकारी विद्यालयहरुलाई विभिन्न क्लष्टरमा वर्गीकृत गरी कम लागतमा आवश्य र गुणस्तरीय शिक्षाको रुपमा स्थापना गरी उच्चशिक्षा हासिल दर वृद्धि गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई सम्पन्न गरिने, नयाँ बन्ने घरहरुमा आकासेपानी संकलन र व्यवस्थापन प्रणाली कायम राख्नुपर्ने नियम बनाई कार्यान्वयन गरिने, एक भूमिगत बसपार्क निर्माण गर्न पहल गरिने, धुलिखेलको चक्रपथ निर्माण गरी नागरिकहरूलाई सहज आवतजावत गर्न नगरबस सञ्चालन गरिने लगायत प्रतिबद्धता पत्रमा उल्नेख गरिएको छ ।
भ्रष्टाचारप्रति शुन्य सहनशीलता नीति अवलम्बन गर्दै स्थानीय सुशासन प्रवर्द्धन गरिने उल्लेख छ । नगरपालिकामा पनि अनावश्यक प्रशासनिक खर्च र फजुल खर्च बन्द गरिने उल्लेख छ ।
सयुक्त गठबन्धनको धुलिखेल नगरपालिकाका उम्मेदवारहरुले सार्वजनिक गरेको प्रतिबद्धता
प्रतिक्रिया दिनुहोस